विपद्जन्य घटनामा परेर ३ सय ५३जनाको ज्यान गयो

काठमाण्डौ,०७ कात्तिक।
यही वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३ सय ५३ जनाले ज्यान गुमाएका छन् भने ८० जना हराइरहेका छन्।सबैभन्दा बढी पहिरोमा परेर १६१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जनाएको छ।

बाढीबाट ५२ र चट्याङ्ग लागेर ४९ जनाको ज्यान गएको छ। भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महामारीबाट सात जनाले ज्यान गुमाएका छन्। बेपत्ता भएका ८० जनामध्ये पहिरोमा ४२ र बाढीमा ३७ जना परेका छन्।

प्राधिकरणका अनुसार यस अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन्। कुल एक हजार २ सय ८४ जना घाइते भएका विवरण छ । कुल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने एक अर्ब रूपैयाँ बढीको क्षति भएको छ।

पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ जना बेपत्ता रहेका छन्। मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए। यसपालि बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ।

मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो। अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ । सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्