दश हजार ८६४ को परिक्षणमा थपिए ७७६ संक्रमित:१३ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा निको हुने भन्दा संक्रमित हुने बढि रहको छन्।आज ७७६ संक्रमित थपिदा ५०१ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ८ हजार २८४ जनाको पीसीआर गर्दा ६७३ जना र २ हजार ५ सय ८० जनाको एन्टिजेन परिक्षणमा १०३ गरी ७७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार मात्रै ५५७ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ८४८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८८ हजार ८ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ३६० रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३६१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्