मंसिरदेखि २० युनिटसम्मको बिजुली निःशूल्क गर्छाैं : मन्त्री भुषाल

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले २० युनिटसम्मको बिजुली निःशुल्क दिने बताएकी छन्। मंगलबार काठमाडौंमा एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताउनुभएको छ ।

उहाले डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल समेत लागू हुने बताउनुभयो। महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने समेत बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्