टी-२० वरियतामा नेपाल यथावत

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-२० यथावत रहेको छ ।

आईसीसीले बुधबार गरेको टी-२० वरियतामा नेपाल यथावत रहेको हो ।टी-२० वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ । आईसीसीले यसअघि सार्व जनिक गरेको वरीयतामा पनि नेपाल १४ औं स्थानमा रहेको थियो ।

टी-२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा छ ।यस्तै भारत दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा छ ।एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्