खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउँछु : मन्त्री गहतराज

काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।

बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमा उनले काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारेका हुन्।

‘यो राजनिति गर्ने समय होइन,’ उनले भने,‘खेलकुदलाई राजनितिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ।’

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री गहतराजले खेल क्षेत्रको विकासका लागि ऐन बाधक नहुने दाबीसमेत गरे। 

‘ऐन यसलाई परिमार्जन गर्न सकिन्छ। खेलकुद क्षेत्रको विकासका लागि ऐनलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ,’ उनले भने,‘ऐन बाघ, भालु वा हात्तिसँग सँगै सुत्न त सकिँदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ।’ 

उनले नवौं खेलकुद प्रतियोगितालाई समयममै सञ्चालन गर्न आवश्यक तयारी सुरु गरिएको, खेलकुद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र खेल क्षेत्रको विकासका लागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरिएको बताए। 

खेल क्षेत्रमा लामो समयदेखी विज्ञता हासिल गरेका खेलाडीहरु नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री गहतराजले खेलाडीहरुबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयमा लैजान मन्त्रालय प्रतिवद्ध रहेको समेत उल्लेख गरे। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्