मनोसामाजिक परामर्शकर्ता उत्पादन गर्दै गल्छि गाउँपालिका

धादिङको गल्छि गाउँपालिकाले ६ महिने मनोसामाजिक विमर्शकर्ताको लागि तालिम सन्चालन गर्ने भएको छ।प्रत्येक वडाबाट २–२ जना गरी पालिकाभित्र १६जना मनोविमर्शकर्ता उत्पादन गर्ने उदेश्यले तालिम सन्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले जानकारी दिनुभयो।मनोसामाजिक समस्या कम गर्ने र मनोपरामर्श सेवा सन्चालन गर्ने उदेश्यले तालिम सन्चालन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो।

बढ्दो प्रतिस्पर्धा,बेरोजगारी,लागुपदार्थ सेवन,बैदेशिक रोजगार लगायतको कारणले समाजमा मनोसामाजिक समस्या भएका व्यक्तिहरु बढेकाले न्युनीकरण गर्नको लागि तालिम सन्चालन गर्न लागिएको मोहन कुमार श्रेष्ठले बताउनुभयो।

तालिम लिन चाहने महिला पुरुषले कात्र्तिक मसान्त भित्र निवदेन दिन गाउँपालिकाले आग्रह गरेको छ।६ महिने तालिम खर्च गाउँपालिकाले बेहोर्ने भएपनि अन्य खर्च भने आफैले बेहोर्नुपर्ने छ।२१ बर्ष पुरा गरेका गाउँपालिका भित्र बसोबास गर्ने व्यक्तिहरुले मात्र आवदेन दिन सक्नेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्