राष्ट्रिय जनगणना २०७८ मा सबैले सही विवरण दिई सहयोग गरौँःतिवारी

जिल्ला जनगणना कार्यालय धादिङका प्रमुख अणराज तिवारीसँग समग्र जनगणनाका बिषयमा सानुबाबु तिमिल्सिनाले गर्नुभएको कुराकानीको सम्पादित अंशः

१.अहिले जनगणनाको काम शुरु भइरहेको छ,जनगणनाको महत्व के छ? बताइदिनुहोस् न। 

जनगणनाको महत्व हेर्दा के कस्ता उमेर समुहका, पेसामा संलग्न व्यक्तिहरु छन् भनेर सामान्यतया अहिले राज्यको विभिन्न तहका सरकारहरु छन् । प्रत्येक तहका सरकारलाई त्यो संख्याको यकिन हुन्छ भने उहाँहरुले गर्ने प्रत्येक विकास योजना मानव केन्द्रित विकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।

के-कस्ता मानव, के कति संख्यामा, कस्तो ठाउँहरुमा रहेका छन् भनेपछि सम्पुर्ण योजनाहरु जोडिएका हुन्छन्। यो सरकारलाई मात्र नभइ विद्यार्थी, अनुसन्धान कर्तालाई पनि यो आवश्यक पर्न सक्छ।त्यसैले राज्य, सरकार, तीनै तहका स्थानिय सरकार, उद्योगी, बेटारी, विद्यार्थी, अनुसन्धानकर्ता सबैको लागि महत्व छ । 

२.हरेक १०/१० वर्षमा जनगणना हुँदै आएको छ,यो १०/१० वर्षमा नै किन गरिन्छ ? 

यस्को मुख्य कारण भनेको राष्ट्रिय जनगणनामा ठुलो जनशक्ति र ठुलो रकमको श्रोत साधनको आवश्यकता पर्दछ त्यो कारणले प्रत्येक वर्ष गर्न सकिदैन। देशको आर्थिक अवस्था कारणले १०/१० वर्षमा गर्छौँ। जनसंख्याको परिवर्तन छिटो हुँदैन त्यसैले छिटो गर्नु आवश्यक मानिदैन। 

३.जनगणना सँगसँगै जग्गा जमिनका कुराहरु, कृषिका अवस्था,गाईवस्तु, घरपालुवा चराचुरुङ्गीहरुको पनि रेकर्ड लिने गरिन्छ,जनगणना सँगसँगै कृषि पशुपंछीलाइ किन जोडिएको होला? 

यो प्रत्येक घरपरिवारमा पुगेर सबै जग्गा जमिन भन्दा पनि मान्छेले चलन गरेको को व्यक्ति,कुन परिवारले,  कति जग्गामा खेतिपाती गरेको छ भनेर नेपाल भरिको सबै रेर्कड तयार हुन्छ भने खेतिपाति,गाईवस्तु लगायत सबै कुराहरुको विवरण तयार हुन्छ। त्यो सँग सम्बन्धित विभिन्न निकायहरुले निति योजनाहरु बनाउने काममा तत्काल प्रयोग गर्न सकिन्छ।

२०२२ राष्ट्रिय कृषि गणना हुन्छ। त्यो कृषिसँग सम्बन्धित विवरण १०÷१० वर्षमा हुनेवालाको लागि प्रत्येक घरपरिवारमा गएर सोधिदैन। नेपालका सबै पालिकाका वडाहरुमध्येबाट केही वडाहरुमा छानेर स्याम्पल लिएर गणना गरीन्छ । स्याम्पलको लागि यो फ्रेम तयार गरेको हो। 

४.अक्सर बसोवास गरेकै स्थानबाट जनगणना गर्नुपर्ने कारण के हो ? 

सरकारले अथवा व्यापारीले, उद्योगीले योजना बनाउँदा जनगणनाको सहायता लिइन्छ । मान्छे कहाँ बसेको छ त्यही ठाउँबाट सेवा सुविधा दिने गरिन्छ। चाहे कोभिडको खोप, विद्यालयमा बच्चा बच्ची पढाउने सेवा सुविधा, खानेपानीको सुविधा दिने होस् सबै खालका निति योजना जहाँ मान्छे बसेको छ त्यहीबाट दिनुपर्ने भएकोले जनगणना पनि प्राय जसो मान्छे जहाँ बस्नुहुन्छ त्यही ठाउँबाट गर्नुपर्ने आवश्यकता हो ।साथै यो अन्तराष्ट्रिय प्रचलन हो यसको संयुक्त राष्ट्रसंघको जनसंख्याकोषले दिशानिर्देश तोक्छ त्यही अनुसार यो विधि अपनाएका हौँ। 

५.धादिङकै सवालमा पनि धेरै नागरिकहरु कामको शिलशिलामा विदेशमा हुनुहुन्छ, उहाँहरु गणना कहाँबाट र कसरी हुन्छ?

हामीले सुचिकरणको चरणमा सामान्य विवरण लिइसकेका छौँ। यो अवस्थामा विदेशमा भएको विवरण लिदैनौँ। हाम्रो मुल गणना कात्तिकको २५ देखि मैसिरको ९ गतेसम्म हुन्छ त्यो समयमा परिवारमा भएका प्रत्येक सदस्यहरुको र परिवार अनुपस्थित सदस्यहरु भन्छौँ जस्तै कसैका छोराछारी पढ्न गएक हुनछन्,कसैको विदेशमा हुनसक्नुहुन्छ,त्यस्ताहरुको कुनदेशमा कति संख्यामा हुनुहुन्छ लिङग,उमेर लगायतका सामान्य विवरणहरु संकलन गर्छौ। 

६. घरधुरी सुचिकरणको कार्य सम्पन्न भइसकेको अवस्थामा जनगणनाको काम धादिङमा कसरी भइरहेको पाउनुभएको छ?

हाम्रो सुचिकरण कार्य सम्पन्न भएर अहिले जिल्लाभर खटिनुभएका सबै सुपरिवेक्षक मध्ये धेरै जसोले अनलाईन रिपोर्टिङ सिस्टम बाट हामीलाई विवरण पठाउनु भएको छ। असोज १५ सम्म को विवरणमा लगभग ७४ हजार घरपरिवारको विवरण आएको छ भने धादिङ दुर्गम जिल्ला भएको हुनाले केही ठाउँमा टेलिफोन नेटवर्क नलाग्ने इन्टरनेट कनेक्स पनि नभएको हुँदा केही विवरण आउन बाँकी छ।

यो भरणमा केही घरपरिवार छुटेको भन्ने पनि खबर आएको छ हामीले सुपरीवेक्षकलाई तोकेको जिम्मेवारीमा उहाँहरुलाई कम्तिमा एकपटक प्रत्येक घरमा पुग्ने मात्र भनेका थियौँ । लगभग एक हजार घरपरिवारसम्म पुग्नुपर्ने  गरेर उहाँहरलाई कार्यविवरण दिइएको थियो। हामीले गणकहरु कति जना चाहिन्छ भनेर अनुमान गर्नको लागि मुख्य उद्धेश्य राखेर सुचिरण कार्य सम्पन्न गरेका छौँ । यो गणनामा छुटेता पनि हाम्रा मुल गणना भनेको कात्तिक २५ देखि मंसिर ९ गते सम्म हो ।

त्यो समयमा कोही दोहोरीन पनि भएन छुट्नु पनि भएन त्यही अनुसार गणकहरु खटाएका हुन्छौ । सुपरीवेक्षकलाइ भन्दा कम्तिमा एक चौथाइ भुगोलमा काम गर्ने गरेर गणकहरुको जिम्मेवारी हुन्छ । कुनै घरपरिवार एक चोटि जाँदा भेटिनुभएन भने पटक पटक गएर भेटेर काम गर्नुहुन्छ। यदि मंसिरको ६/७ गतेसम्म पनि यहाँहरुको घरमा गणक आउनु भएन भने मेरो नम्बर ९८४७६९८५८४ मा सम्पर्क गर्नहुन अनुरोध गर्दछु। 

७.अहिले सुचिकरणको कार्य सम्पन्न भइसकेको छ र धेरै ठाउँमा उत्तरदाताहरुले ऋणको विषयमा खुलेर भन्न नचाहेको,  भने पनि किन चाहियो जस्तो प्रश्न गरेको विषय पनि आयो, किन उहाँहरुले त्यस्तो भन्नुभयो? हामीले उहाँहरुलाई बुझाउन सकेनौँ अथवा यो राष्ट्रिय अभियानको विषयमा उहाँहरुले त्यति चासो दिनुभएन, के कारणले यस्तो भयो होला? 

हामीले उहाँहरुलाई बुझाउन नसकेको भन्नु पर्छ । विभिन्न कामको व्यस्तताले गर्दा धेरै ठाउँमा भेटघाट गर्न नभ्याइने, सबैसँग सम्पर्क गर्न सम्भव पनि नहुने छ। यो विषयमा विवरण दिँदा केही अपठ्यारो पर्छ कि भन्ने उहाँहरुको धारणा हुनसक्छ त्यो स्वभाविक हो।

तथ्याङक ऐन २०१५ अनुसार तपाईहरुले भनेका विवरणहरु हामी जनगणनामा काम गर्ने कर्मचारी बाहेक कसैलाइ पनि थाहा हुँदैन। हामीलाई थाहा भएपनि कानुन बमोजिम त्यसलाई गोप्य राख्नुपर्छ । उहाँहरुलाई कही असर गर्ने, समस्या पर्ने हुँदैन त्यो कुराको ग्यारेन्टी दिलाउन चाहन्छौँ। 

८.सुचिकरणको काम पहिलो चरणमा त्यसपछि गणकहरुको काम दोस्रो चरणमा, हामीले एउटै चरणमा एकै साथ गर्न सक्ने थिएनम?

यो कति जना गणक चाहिन्छ भनेर अनुमान गर्नको लागि हो ।हामीसँग अनुमानित तथ्याङक त छ २०६८ अनुसार को विवरण छ । तर १० वर्षको चित्रमा केही फरक परिवर्तन भएको हुन्छ र गणकको कार्यभार हामीले तोकिएको समयमा सक्नको लागि कति जना गणक, कुन ठाउँमा चाहिन्छ  भनेर अनुमान गर्नको लागि एकै चरण् गर्न नसकेको हो।

एकै चरणमा गर्दा हामीले अनुमान नै गर्न सकिँदैन । बढेको रहेछ भने तोकिएको समयमा सम्पन्न गर्न सक्दैन, घटेको रहेछ भने चाँडै नै सक्नुहुन्छ। त्यसैले तोकिएको समयमा कति जना गणक चाहिन्छ भनेर अनुमान गर्नको लागि गरेको हो । भदौको ३० देखि असोज १८ गतेसम्म सुचिकरण कार्यगरिएको थियो । त्यो संख्या हामीलाइ प्राप्त  हुने चरणमा छ। अहिले गणकको विज्ञापन गरेर उहाँहरुको डकुमेन्ट बुझिराखेका छौँ। प्रत्येक गणना क्षेत्रमा कति कति गणक चाहिन्छ हेरेर विभागसँग कुरा गरेर त्यही अनुसार विभाजन गर्ने योजना रहेको छ। 

९. सुचिकरणको क्रममा हेर्ने हो भने केही जिल्लाहरुमा विशेस काठमाडौँमा भाडामा बस्नेहरुको विवरण घरबेटीले राम्रोसँग बताउन नचाहेको भन्ने कुरा पनि आयो, यसबाट कतै सत्य तथ्य विवरण हाम्रो जनगणनामा नआउला कि भन्ने शंका छ नि? 

उहाँहरुलाई घरभाडामा बस्ने यति धेरै मान्छे भएपछि यो बताउँदा भोलि भाडा कर लगाउन नगरपालिका पो आउने हो कि भन्ने कन्फ्युज छ। हामीले बुझायौँ भने बताउनुहुन्छ। र  घरेटीले भन्दा पनि सकभर आफनो विवरण आफैँ बताउने हो । सुपरिवेक्षकलाई एकहजार घरपरिवार जति तोकिएको हुनाले पटक पटक जाने समय भएन। अब गणक पालोमा कुन समयम मान्छे भेट हुन्छ सोधेर गर्नुहुन्छ छुट्ने सम्भावना कम नै होला भन्ने हामीले आशा गरेका छौँ । 

१०. उत्तरदाताहरु झर्को मान्ने, अझै पनि उहाँहरुले सहि उत्तर दिनुभएको छैन जस्तो लागेको छ,आगामी वर्षहरुमा यसलाई सुधार्नको लागि के गर्नुपर्छ होला? 

अहिले निर्वाचित जनप्रतिनिधिहरुबाट सहयोगको अपेक्षा गर्दछु। हामीले जनगणनाको सम्पुर्ण काम गरेर तथ्याङक निकालेर त्यस्को सै भन्दा ठूलो उपयोग कर्ता भनेको स्थानिय सरकार हो। प्रत्येक घरपरिवारमा गएर बुझ्ने भनेको यही राष्ट्रिय जनगणना मात्र हो अरु कुनै कार्यक्रम हुँदैन । सम्पुर्ण जनप्रतिनिधि ज्युहरुलाई अनुरोध गर्दछु राष्ट्रिय जनगणनामा सोधिएका विवरणहरु सबै गोप्य रहन्छन्।

हाम्रो योजना निति बनाउनको लागि गरिएको हो भन्ने कुरा उहाँहरुले विषेश गरी जनतासम्म पु¥याइदिनु हुनेछ र जनगणना कार्यलाई सफल पार्दिनुहुनेछ। राष्ट्रिय जनगणना सफल हुनु भनेको हामी सबै जना सफल हुनु हो । यो प्रत्येक जनता आफैँले पनि सोच्नुपर्ने कुरा हो त्यसमा पनि विभिन्न कर्मचारी, शिक्षक, पत्रकार, मिडिया सबैको उत्तरदायी हो । 

११. गणकहरुलाई आफनो काममा सहज बनाउनको लागि स्वयम गडकहरुले के कुरामा ध्यान दिनुपर्ला? 

हामी कात्तिकको १३ गते देखि १६ गतेसम्म यस जिल्लामा भएका पाँच वटा स्थानिय जनकार्यालयहरुले तालिम संचालन गर्नुहुन्छ । त्यो तालिममा सक्रिय रुपमा सहभागी हुनुप¥यो, राम्रोसँग विषयवस्तु बुझुन पर्यो। हामीले अनुरोध पत्र उहाँहरुलाई दिएर पठाउँछौँ । उहाँहरुले आफुले काम गर्ने क्षेत्रको विद्यालयमा गएर प्रत्येक विद्यार्थीलाइ अनुरोध पत्र बाढेर प्रत्येक घरपरिवारमा पु¥याइदिएर, अनुरोधपत्रमा जनगणना किन कस्का लागि किन गरीन्छ के के प्रक्रिया हो संक्षिप्त रुपमा लेखिएको हुन्छ।

त्यो गरियो भने जनगणना असाध्यै प्रभावकारी हुन्छ जस्तो लाग्छ । जनगणनाको महत्वपुर्ण व्यक्ति भनेको गडक हुनुहुन्छ उहाँहरु जनगणनाको मुल हो खम्बा हो । त्यसैले उहाँहरुले विषेश रुपले काम गर्नुहुनेछ । अहिले बेरोजगार व्यक्तिहरुलाई मात्र अनलाइन फारम मात्र भरिएको हुनाले उहाँहरुको अन्यत्र जिम्मेवारी नभएको हुनाले कम्तिमा तालिम अवधिभर र कात्तिक २५ देखि मंसिर ९ गतेसम्म उहाँहरु पुरा समय खट्ने भएकोले पहिला भन्दा राम्रो विवरण आउला भन्ने अपेक्षा गरेका  छौँ ।

१२. अन्त्यमा जनगणनाका महत्वपुर्ण विषयमा केही छ भने यहाँले राख्न सक्नुहुन्छ। 

हामीले २०७७ चैत्र १ गतेबाट जनगणनाका कार्यको लागि धादिङमा जिल्ला जनगणना कार्यलय स्थापना गरेका थियौँ । विभिन्न चरणमा, समयमा काम गर्दा गर्दै सुपरिवेक्षकको तालिम भइरहेको अवस्थामा बैशाख २० गते कोभिण महामारीको कारणले काम रोकिएको थियो। त्यो अवधिमा पनि विभिन्न पत्रकार कर्मचारी,शिक्षक,बेटारी सबै जनाको सक्रिय सहयोग रहेको थियो।

अबका दिनहरुमा त्यो भन्दा अझ बढि सहयोग हुनेछ र विषेश गरी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मेरो गणना मेरो सहभागिता भन्ने हिसावले सबैले सोचेर बुझेर त्यही अनुसारको सहयोग हुनेछ भन्ने विश्वास लिएको छु। 

१३.सम्पुर्ण जिल्लावासीहरुलाई यहाँको सन्देश के छ? 

जनगणना कार्यको महत्व सबैले बुझिदिनु होला।राज्यका निति, योजना, कार्यक्रम हरेक कही न कही प्रत्यक्ष अप्रत्यक्ष जनगणनाका तथ्याङकसँग सम्बन्धित हुन्छ । यहाँहरु सबैले सहयोग गर्नुभयो भने पछिका विभिन्न सरकारले बनाउने निति योजना पनि प्रभावकारी हुनेछन्। त्यसैले राष्ट्रिय जनगणना २०७८ लाई सबैको सहयोग रहोस् भन्न चाहन्छु। धन्यबाद।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्