संक्रमित घट्दै:सात हजार ९११ को परिक्षणमा ३७२ संक्रमित थपिदा ९११ निको

पछिल्लो २४ घण्टामा थपिने संक्रमित भन्दा निको हुने दोब्बर बढि रहेका छन्।शनिबार ३७२ संक्रमित थपिदा ९११ संक्रमित निको भएका छन् । देशभरका प्रयोगशालाबाट ५ हजार ३१६ जनाको पीसीआर गर्दा २९७ जना र २ हजार ५९५ जनाको एन्टिजेन परिक्षणमा ७५ गरी ३७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै ५४९ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ६८८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९१ हजार २६९ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२६ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ४ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ११ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३९९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्