छिटो नजिता दिन सक्ने खालका योजनालाई प्राथमिकता:मुख्यमन्त्री पाण्डे

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो कार्यकालमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ।शनिबार नागरिक समाज धादिङद्धारा सदरमुकाम धादिङबेशीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार न्युनिकरण नै पहिलो जिम्मेवारी रहने भन्दै आफ्नो कार्यकालमा भ्रष्टाचार हुन नदिने र भएका भ्रष्टाचारलाई पनि बाहिर ल्याउने बताउनुभएको छ ।

उहाँले विकास निर्माणका योजनाहरु पास गर्ने सन्दर्भमा छिट्टो नजिता दिन सक्ने खालका योजनाहरुलाई प्राथमिकता दिने बताउनुभयो। साथै प्रदेश भित्रका सबैभन्दा पछाडी परेका क्षेत्रको विकासको लागि विशेष जोड दिने पाण्डेले बताउनुभयो। 

कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेलाई गैसस महासंघ, नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, घरेलु महासंघ लगायतले बधाई दिदै सफल का र्यकालको शुभकामना दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्