राष्ट्रियता र विकासका काम गर्न थालेपछि विपक्षीहरु अताल्लिएको त्रिपाठीको भनाई

एमाले धादिङका अध्यक्ष एवम संघिय सांसद भुमि त्रिपाठीले राष्ट्रियता, विकासका काम एमाले अध्यक्ष केपि ओलिले गर्न थालेपछि विपक्षीहरु अताल्लिएको बताउनुभएको छ ।उहाँले सिमित स्वार्थ र ओली सरकारले गरेको कामबाट आत्तिएर केपि ओलीलाई प्रधानमन्त्री बाट हटाएको बताउनुभयो।बुधबार बिर्ताडाडामा नेकपा एमाले गल्छी वडा नम्बर ५ को प्रथम अधिवेशन उद्घाटन गर्दै त्रिपाठीले यस्तो बताउनुभएको हो ।

उहाँले धादिङमा पनि तुईन विस्थापन,सडकका योजनाहरु धेरै काम गरिएको चर्चा गर्नुभएको थियो। सांसद त्रिपाठीले एमालेले गरेको बिकास रोक्न पार्टीलाई फुटाउन खोजेपनि नफुटेको भन्दै जनताले एमालेलाई माया गरिरहेको बताउनुभयो।साथै गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले पार्टी र जनतालाई धोका दिएर पतनको बाटोमा लागेको त्रिपाठीको भनाई छ । 

No description available.

यस्तै नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले एमालेका जनता जागृत भएको बताउनुभयो । अधिवेशनले प्रेम तामाङको अध्यक्षतामा ३१ सदसिय कार्यसमिति निर्वाचित गरेको छ ।

No description available.

कार्यसमिति उपसभापतिमा सोमबहादुर तामाङ, सचिवमा राजेन्द्र दहाल, उपसचिव अस्मिता तामाङ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।अधिवेशनमा अनेमसंघ वडा कमिटिको अध्यक्षमा नानीमायाँ तामाङ, राष्ट्रिय युवासंघको अध्यक्षमा पासाङ तामाङ निर्वाचित गरेको छ । कार्यक्रममा एमाले बागमति प्रदेश कमिटिका सदस्य बलराम ढुंगाना, नरेश खतिवडा, गाउँ पालिका उपाध्यक्ष राधा तिमल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

No description available.

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्