गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज साेमबार रहेको छ । पाँच दशमलव ७८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कम्पनीले १० मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको  छ ।

साधारणसभा तथा लाभांश प्रस्ताव पारितका लागि कम्पनीले २३ कात्तिकमा बुक क्लोज गर्दै छ । यसअनुसार साेमबारसम्म नेप्सेमा कायम सेयरधनीले साे लाभांश पाउनेछन् । सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजना हुने कम्पनीले जनाएको छ । 
 
सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास हुनेछ । कम्पनीको नियमावली संसोधन गर्ने लगायतको एजेन्डा छ । 

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ छ । पाँच  दशमलव ५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्