रिडी हाइड्रोपावरको सेयर कारोबार रोक्का


काठमाडौं, २२ कात्तिक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर  डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको सेयर कारोबार रोक्का गरिएको हो । 

यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्