कोल्ड फिट फाउण्डेशनका उत्तम अधिकारी गोपी र बारबरा लुडिङले आमाको मायाँ छात्राबासलाई सहयोग गर्नुभएको छ।सोमबार एक कार्यक्रमको आयोजना गरी छात्राबासमा बस्ने अनाथ तथा असाहाय बालबालिकाहरुका लागि चामल, दाल, नुन, तेल, चिउरा चिनि लगायतका खाद्य सामाग्री र जाडोमा ओड्नका लागि ब्लाङकेट सहयोग उपलब्ध गराइएको हो।बाबुआमा नभएका २६ जना बालकहरु रहने सो छात्राबासमा संस्कृत कर्मकाण्डको पढाइ समेत सुरु गरिएको छात्राबासका अध्यक्ष नबिनबन्धु पहाडीले बताउनुभएको छ।
कोल्ड फिट फाउण्डेशनद्धारा छात्रवासलाई खाद्यान्न र लक्ताकपडा सहयोग
