लमजुङमा साग भनेर धतुरो खाँदा एकको मृत्यु,दुई जना बिरामी

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ भने दुई जना बिरामी भएका छन्।

मृत्यु हुनेमा ८३ बर्षिया पवित्रा खड्का रहेको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो। तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कार्कीले बताउनुभयो । उहाँका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्