धादिङका थप चार कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित चारजना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज १८ जनाको परिक्षण गर्दा सबै नेगेटिभ आएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार १०७ रहेको छ। यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ४ जना नै होम आइसोलेसनमा रहेका छन्।