छ हजार ८१४ को परिक्षणमा थपिए ४४० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा छ हजार ८१४ जनाको परिक्षणमा ४४० संक्रमित थपिदा ४७४ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ५ हजार ४०७ जनाको पीसीआर गर्दा ३८७ जना र १४ सय ७ जनाको एन्टिजेन परिक्षणमा ५३ गरी ४४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मंगलबार मात्रै ५३३ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १० हजार ७३८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९६ हजार ७८० पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ५१९ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४६० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्