नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटीको अध्यक्षमा शम्भु श्रेष्ठलाई चयन गरेको छ। शनिबार काठमाडौंमा आयोजना भएको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत श्रेष्ठको अध्यक्ष्यतामा २१५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। कमिटिको महासचिवमा भूपराज खड्का चयन हुनुभएको छ।
समितिमा धादिङबाट उपाध्यक्ष सहित ५ जना चयन भएका छन्।संगठनको बागमती प्रदेश इन्चार्ज समेत रहेका नवराज छत्कुली केन्दीय उपाध्यक्षमा र सुवास खतिवडा, सरिता श्रेष्ठ,राजाराम शर्मा र सुनिता सिंखडा संस्थापक केन्द्रिय सदस्यमा चयन भएका हुन्।
कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नाथ खतिवडालगायत पुगेका छन्।तत्कालीन नेकपा (एमाले) विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो।
पार्टी विभाजनसँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पनि टुक्रिएको थियो। प्रेस चौतारी टुक्रिएपछि समावादी प्रेस संगठनको तदर्थ समिति घोषणा भएको थियो । तदर्थ समितिका संयोजक श्रेष्ठनै अध्यक्ष बनेका हुन्।