टी–२० विश्व कपकोे उपाधी अस्ट्रेलियालाई 

आईसीसी टी–२० विश्व कपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएको छ । न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायो । 

अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए  । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए ।  यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जोश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए । 

यस पटक टी–२० विश्व कपले नयाँ च्याम्पियन पाएको छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी–२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो।आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी–२० विश्व कपको फाइनलसम्म पुगेको थियो। अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी–२० विश्व कपको फाइनलमा पुगेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्