आजको राशिफल

आजको पात्रो : आज कात्तिक महिनाकाे अन्तिम दिन अर्थात् कात्तिक मसान्त । कात्तिक शुक्लपक्ष द्वादशी तिथि मंगलबार । तद्अनुसार नोभेम्बर  १६ ।

आज सूर्योदय बिहान ६ः२६ र सूर्यास्त साँझ ५ः११ मा हुनेछ । रेवती नक्षत्र चन्द्रमा मीन राशिमा  छ । सिद्धि योग र बालब करण बिहान ११ः२८ देखि १२ः११ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता गणेश, ग्रहदेव मंगल हुन । मंगलबारकाे दिन गणेशको समेत विशेष आरधना गर्ने दिन हो ।

सनातन धर्मशास्त्रका कुनै पनि शुभकार्य गर्दा सबैभन्दा पहिले गणेशलाई पूजा गर्ने परम्परा रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएकालाई हरेक मंगलबारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक  हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान खरिद नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययन अनुसन्धानमा कम रुचि र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । सकेसम्म लामो दूरीको यात्रा नगर्नु नै राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईँलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्दा राम्रो हुनसक्छ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  तपाईँको लागि आजको दिन अनुकूल छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति विरोध गर्नेले सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्रो हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट दुःख र धोका दिनसक्छन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । तपाईँले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही बाल कन्यालाई फलफूल उपहार दिनुभयो भने तपाईँको मनमा प्रशन्नता छाउनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)  : व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा परिवारकाका सदस्यलाई  जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारमा तपाईँको आजको सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा विचार पुर्‍याउनु होला ।  

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ । सात सातासम्म रहेक मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  आजको दिन तपाईले गर्न खोज्नुभएको काममा सफलता मिल्नेछ । चन्द्रमाको साथ छ । विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । तपाईले जे काम गरिरहनु भएको छ । त्यही कामबाट तपाईले सफलता प्राप्त गर्नुहुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्