कांग्रेस धादिङले प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकैदिन गर्ने

नेपाली कांग्रेस धादिङले प्रदेश सभा क्षेत्र अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकै दिन गर्ने भएको छ।मंगलबार जिल्ला निर्वाचन कार्यालय धादिङले सूचना जारी गर्दै मंसिर ३ मा गर्ने भनिएको ४ वटै प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसंगै हुने जनाएको छ। मंगलबार बसेको पार्टी र निर्वाचन समितिको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको निर्वाचन एकैदिन गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला अधिवेशन भने मंसिर १० मा नै हुने जनाइएको छ।कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म १४ औं महाधिवेशन गर्दैछ।महाधिवेशनका लागि प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि आउनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्