१८ बर्ष भन्दा माथिका नागरिकहरुलाई भोलिदेखी एस्ट्राजेनिका लगाईदै

धादिङमा भोलिदेखी १८ बर्ष भन्दा माथिका नागरिकहरुलाई एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाईने भएको छ ।स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको नीलकण्ठ नगरपालिका, थाक्रे, गल्छी ,गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाका १८ बर्ष भन्दा माथिका यसअघि कोभिड बिरुद्धको खोप नलिएका सबै नागरिकहरुलाई भोलि मंसिर ३ देखी ६ गतेसम्म एस्ट्राजेनिकाको पहिला मात्रा खोप दिन लागिएको हो।

स्वास्थ्य कार्यालय धादिङले स्थानीय तहलाई पत्राचार गर्दै पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट खोप लिन आएका नागरिकको उमेर खुलेको सरकारी कागजात वा अन्य परिचय पत्रको आधारमा खोप दिन अनुरोध गरेको छ।

साथै लक्षित वर्ग नछुट्ने व्यवस्था मिलाउन,खोप लगाएको विवरण अनिवार्य DHIS2 मा प्रविष्ट गर्न पनि आगह्र गरेको छ।यस्तै खोप पश्चात हुनसक्ने अवान्छित घटनालाई व्यवस्थापन गर्न सबै टोली सँग एड्रिनालिन इन्जेक्सन साथमा हुनुपर्ने र कार्यक्रम संचालन भएको दिनको दैनिक रिर्पोट जिल्लाबाट पठाएको फारममा मात्र गर्ने व्यवस्था मिलाउन भनिएको छ।फाईल:तस्विर

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्