पछिल्लो २४ घण्टामा २९९ संक्रमित थपिदा २६० संक्रमित निको भए 

धादिङ,०२ मंसिर।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार १५१ जनाको परिक्षणमा २९९ संक्रमित थपिदा २६० संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ८६३ जनाको पीसीआर गर्दा २७२ जना र २ हजार २८८ जनाको एन्टिजेन परिक्षणमा २७ गरी २९९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।बुधबार मात्रै ४१२ संक्रमित थपिएका थिए। 

यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९९ हजार १७६ पुगेको छ।सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६४२ रहेको छ ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४८९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्