कालिका आविमा अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग 

धादिङ–पोखरा सम्पर्क समाजले सिद्धलेक गाउँपालिका–२फालेमा रहेको कालिका आधारभुत बिद्यालयमा अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।बिहीबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच धादिङ–पोखरा सम्पर्क समाजले अक्षय कोष स्थापनाका लागि १ लाख ५१ हजार ५ सय १५ रुपैंया सहयोग गरिएको धादिङ–पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले जानकारी दिनुभयो।

No description available.
सम्पर्क समाजले गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,प्रमुख प्रशासकिय  अधिकृत नन्दलाल शर्मा,वडा नं २ का वडाध्यक्ष कमल गुरुङ,गाउँपालिकाका शैक्षिक सहजकर्ता बलराम अधिकारीको रोहबरमा बिद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई चेक हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो।

No description available.

उक्त अक्षय कोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार,गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्राबृत्ती वितरण गरिने अधिकारीले बताउनुभयो। कोष स्थापनाका लागि सिद्धलेक गाउँपालिकाले पनि १ लाख ५१ हजार ५ सय १५ रुपैंया सहयोग गर्ने अध्यक्ष सिलवालले प्रतिबद्धता जनाउनुभएको भएको छ।​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्