२९६ संक्रमित थपिदा ३६९ संक्रमित निको भए, ५ जनाको मृत्यु

धादिङ,०३ मंसिर।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९७२ जनाको परिक्षणमा २९६ संक्रमित थपिदा ३६९ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ७७७ जनाको पीसीआर गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परिक्षणमा २५ गरी २९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीबार मात्रै २९९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४३९ रहेको छ । सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ५ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४९४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्