धादिङका थप दुइ कोरोना संक्रमित निको भए :सक्रिय संक्रमित ९ जना

धादिङ,०३ मंसिर। 
धादिङका थप दुई कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित ९ जना पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ६६ पुगेको छ भने निको हुनेको सङ्ख्या ८ हजार १११ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ९ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्