७६ जिल्लाको भन्दा धादिङको काँग्रेस पार्टी फरक ढङगले हाक्छुःभिम प्रसाद ढुङ्गाना

नीलकण्ठ एफ.एमबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘जनतासँग मेयर’मा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानासँग कांग्रेसको महाधिवेशन, सभापतिमा उम्मेद्वारी घोषणा, समग्र नगरपालिकाको विकास निमार्ण(खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सुशासन लगायको विषयमा रामकुमार थापाले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा सम्पादित अंश :

१. पार्टीको महाधिवेशनले गर्दा अहिले दौडधुप बढेको हो  ? 

पार्टीको महाधिवेशन आईरहेको छ, जिल्ला सभापति उठ्ने भनेर घोषणा गरिरहेको अवस्थामा १०४ वटा वडाहरुबाट, प्रतिनिध साथिहरु सबैसँग भेट्न, फोन गर्न, वडा घुम्न धेरै समय लाग्ने भएकोले धेरै व्यस्त भैरहेको छु । 

२.दामन पाख्रिनको स्मृति सभाको दिन उम्मेद्वारी घोषणा गर्नुभएको छ, रहस्य या दिन पर्नुको संयोग हो कि के हो ?

एउटा आर्दश पुरुषको जन्मदिनको दिन बिहान गएर उहाँको शालिक माल्यार्पण ग¥यौँ र माथि खनियाबास गाउँपालिकामा कार्यक्रम राखेको थियो । अधिवेशन मुखमा आईसकेकोले र त्यो भन्दा पहिला सबै मिडियाहरु, सामाजिक सन्जालहरुमा मेरो नाम आइरहेको थियो र मैले आन्तरिक तयारी पनि गरीरहेको थिए ।

उठ्ने र नउठ्ने मैले यकिन गरेको थिइन छिटो घोषणा गर्नुप¥यो उठ्ने हो कि नउठ्ने कन्फ्युज कुरा गर्नुभएन भनेर जिल्लाभरीको सबै प्रतिनिधिहरु, साथिहरुको मलाई धेरै प्रेसर आइरहेको थियो । त्यहाँ आदरणीय नेता तिलक रुवालीले भाषण मै  प्रस्ताव राख्नुभयो र हाम्रो पुर्व कानुन राज्य मन्त्री दिलमान पाख्रीनले भीम जि उठ्दा राम्रो हुन्छ भनेर सर्मथन गर्नुभयो र मैले त्यही अवसर पारेर उम्मेद्वारी घोषणा गरेको हो । 

३.धादिङमा निर्विरोध हुने सम्भावना कत्तिको छ ?चुनाव हुने सम्भावना छ कि छैन? 

मैले आफना कुराहरु राख्ने क्रममा के भनेको छु भने  पार्टि सभापति के का लागि हो ? मैले बुझेको संगठन गर्नको लागि, बनाउनको लागि हो । यदि पार्टि सभापति भइसकेपछि टिकट लिने अनि जित्ने, जितिसकेपछि सांसद हुने मन्त्री हुने कुराले पार्टि सभापति बन्छन् ? सभापति भनेको पार्टिको संगठन गर्नको लागि हो ।  

जनप्रतिनिधि भनेको विकास निमार्ण गर्नको लागि हो । पार्टि सभापतिले पार्टिको संगठन राम्रोसँग गर्ने, कार्यविभाजनहरु गर्ने, जनप्रतिनिधिलाई टिकट वितरण गर्ने, आफना तल देखि माथिसम्मकालाई जिताउन कोषिस गर्ने,एक्सन प्लानहरु बनाउने, कहाँ कुन कार्यकर्ताले राम्रो काम ग¥यो गरेन भनेर त्यस्को मुल्याङकन गर्ने, यदि कोही कार्यकर्ताहरु अल्छि भएका छन् खटिएका छैनन् भने त्यसलाई परिचालन गर्ने र पार्टि सभापतिले एउटा अभिभावकको भुमिका निर्वाह गरेर प्रदेश, संघ,स्थानिय तह जुन होस् जिताउन लाग्नुपर्छ।

जितिसकेपछि पार्टि सभापतिले संगठनका कामहरु गर्दै हिड्ने, प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने, अरु पार्टिका साथिहरुलाई आफनो पार्टिमा आकर्षण गराउने, प्रवेश गराउने कोही साथिहरुको मुल्याङकन गर्ने काम पार्टि सभापतिको काम हो । जनप्रतिनिधिका काम जनताका सुख दुखमा साथ दिने, विकास निमाणैका कामहरु गर्ने गर्नुपर्छ।

अहिले प्रदेश हाम्रो ४ वटा, संघीय दुई वटा ६ वटामा संघ या प्रदेश जुनमा उठे पनि दृष्टिकोण के हुने भयो भने पार्टी सभापति प्रति मात्र हुने भयो । अरु पाँच वटा साथिहरु जुन उठ्नु भएको छ प्रदेश र संघमा टुहुरो हुने भयो त्यो कारणले धादिङ जिल्लाका अहिलेका प्रतिनिधि साथिहरुले मलाई भोट हाल्नु भयो मलाई पार्टि सभापति जिताउनु भयो भने म पाँच वर्ष ढुक्कसँग संगठन गर्न लाग्छु र धादिङ जिल्लामा अधिकांश स्थानिय तह, प्रदेश, संघ किन नहोस त्यसमा जिताएर अगाडि बढाउँछु भन्ने मेरो सोच छ। ६ वटै टिकटहरु म लिन्न र सबै ६ वटै सिट धादिङका काङ्ग्रेसहरुलाई जिताउन पर्छ भन्ने आशयका साथ मैले पार्टिको उम्मेद्वारी दिएको हो। 

४. अर्को पार्टिको आशा राख्ने मान्छे  विकास गर्छ भने हामी पनि सहयोग गर्छौँ भनिरहेको बेलामा पार्टि भित्रैबाट सहयोग नपाउने जस्तो देखिनुलाई कसरी हेर्नुभएको छ ? 

सबै भन्दा ठुलो कुरा लडाइ आफु भित्र चाहिन्छ । १० प्रतिशत टिकट पाईसकेपछि अरु पार्टिका साथिहरुसँग हाम्रो कम्पोजिसन हुन्छ । ९० प्रतिशत भित्र कत्ति साथिहरुलाई डाहा होला मलाई सरोकारको कुरा छैन । दुईवटा काम हामीले इमान्दारी पुर्वक गर्नेछौँ । संगठनप्रति बफादार हुनुप¥यो, विकास निमार्णका निमित्त हामी सेवक हौँ म जनप्रतिनिधि भनेको दुई ठाउँबाट मात्र भएको हो ।

एउटा मुरली भन्ज्याङ गाविसको अध्यक्ष १० वर्ष खाए त्यसपछि ५ वर्ष हुनलाग्यो नगरपालिका प्रमुख खाए तर विकास निमार्णको कुरा गर्नुहुन्छ भने खानेपानी योजना देखि लिएर धुनिबेशीको दमाह ढुङ्गा सम्म काँही न काँही केही न केही करोडौँ हैन अरबौँ रुपैयाँको काम गरेको छु । धादिङ जिल्लाका आदरणीय आमाबुबा दाजुभाई हुनुहुन्छ उहाँहरु सबैलाई थाहा छ ।

हिजोको साविक ५० गाउँ विकास समिति प्राय धेरै ठाउँमा मैले काम गरेको छु म जनप्रतिनिधि नहुँदा पनि के कारण भने एउटा संस्था खोले, संस्था मार्फत जान सके, मन्त्रालय देखि डोनरहरु एजेन्सिहरुसँग मैले व्यक्तिगत रुपमा सम्बन्ध विस्तार गर्न सके त्यसैले गर्दा जुरेथुमको खानेपानी, रामकोट हटियाका खानेपानी, लिफ्टबाट निगालपानीको खानेपानी, खरीको डाँडोमा बोरिङ गरेर पानी निकाल्ने काम, काउलेमा, सल्यान्टारको मरभुमि जस्तो ठाउँमा माझगाउँको खानेपानी, अहिले सम्पन्न भएको १ नम्बर वडाको लिफ्ट सिस्टमको डुम्रे खानेपानी आयोजना, घैँटा बनाउने कार्यक्रम देखि लिएर थाक्रेको एक नम्बर वडामा ५०० घरधुरी भन्दा बढीको खानेपानी योजना, बेनिघाट रोराङको १० नम्बर वडामा ७६ वटा घर बनाएर त्यहाँका गरीबहरुलाई नयाँ बस्तिको रुपमा गरेको, सिद्धलेकको नलाङ, सलाङ, कुम्पुरको कुरा, मैदानको खानेपानी, बुङचुङ देखि लिएर कमलाबारी सम्म सडकका कुरा, मैले संस्था मार्फत यो काम गरेको छु।

तर मैले यी कुराहरु नगरपालिकाको प्रमुखको बेलामा पनि भनेको थिए कि म धादिङबेसी अथवा नीलकण्ठ नगरपालिकालाई अवसर पाए भने अन्यत्र पालिका भन्दा म नमुना नगरपालिका बनाउछु भनेर भइसकेको छैन सुरुवात भएको छ । देशभरीको हरेक वर्ष आत्म मुल्याङुकन, मन्त्रालयको अरु हिसावले तर नीलकण्ठ जहिले पनि १ नम्बरमा परेको छ २ नम्बरमा परेको अवस्था छैन । जब मैले एक्सन नेपालमा एउटा संस्थाको अध्यक्ष हुँदा जिल्ला भरी यत्रो सेवा गर्न सके नगरपालिकाको प्रमुखको हिसावले कति काम गरे त्यो नगरवासीहरुले मुल्याङकन गर्नुहुन्छ ।

पहिला १३ औँ महाधिवेशनमा थोरै मतले पराजय भए एक पटक म नेपाली काङ्ग्रेस धादिङ जिल्लाको सभापति भए भने देशको सबै भन्द्या राम्रो सक्षम र संगठनको निमित्त धादिङ जिल्ला जस्तो काङ्ग्रेस हुनुपर्छ भन्ने बनाउछु । म एकपटक सभापति खाइसकेपछि अब पुष्प हस्तान्तरण गर्नुपर्छ सधै एउटा पदमा बसिरहन उचित हुँदैन। सकेसम्म मैले पार्टि सभापतिमा एक पटक मात्र खाने विचार गरेको छु।

मैले  ५ वर्ष सभापति खाएर आफनो क्षमता देखाइसकेपछि अर्को वर्ष म पछाडिकोले सभापति पाउँछ । अबको युग भनेको २१ औँ सताब्दी भन्छौ अहिले विज्ञान र प्रविधिको युग हो। हामीले सधै ओगटेर बसिरहने कुरो होइन एकपटक क्षमता देखाइसकेपछि अरु पुस्तालाई पनि अवसर दिनुपर्छ भन्ने सोचका साथ म अगाडि बढेको छु।

५.एक पटक सभापति निर्वाचित भइसकेपछि दोहो¥याएर सभापतिमा आउनु हुन्न ? 

म आउँदिन मलाई सधै एउटा पदमा बसेर खाइरहन पर्छ भन्ने छैन । म एकपटक आइसकेपछि आफनो क्षमता देखाउने हो, लगनशिल हुने, जनताको शासक होइन सेवक भएर काम गर्ने हो र अरु नेपालि काङ्ग्रेसका सबै साथिहरुलाई, प्रतिनिधिहरुलाई भन्छु भिम ढुङगानालाई १० वर्ष अगाडि सभापति बनाउन पाएको भए संगठनको यो गतिविधि हुँदैनथ्यो भनेर सबैलाई पश्चाताप हुने अवस्था सिर्जना गर्छु । त्यति राम्रोसँग संगठन गर्छु र सम्पुर्ण क्षेत्रमा निर्वाचित गर्नको निमित्त यति मेहेनत गर्छु संगठन गर्छु ।

म नगरपालिकाको प्रमुख भइसकेपछि ५ हजार भन्दा बढि मान्छे नेकपाबाट प्रवेश गराएको छु । त्यसकारण संगठनमा अरु ७६ जिल्लाको भन्दा धादिङको संगठन फरक ढङगले हाक्छु त्यो क्षमता मसँग छ । अहिलेको क्षेत्रीय  प्रतिनिधि साथीहरले मेरो कुरालाई विश्वास गर्नुहुन्छ र एकचोटि अवसर दिनुहुन्छ भन्ने मलाई विश्वास छ । 

६.सभापतिमा निर्वाचित भए भने धादिङमा कांग्रेस यस्तो बनाउँछु भन्ने आधारहरु के के छन् ?

यदि म सभापति भए भने मैले एक पटक खाइसकेपछि दोस्रो पटक दोहो¥याउँदिन नयाँ पुष्तालाई हस्तान्तरण गर्छु । अहिले भातृ संगठनहरु सबै क्रियाशिल छैन वर्षौ बर्ष देखि जिल्ला अधिवेशनहरु केही पनि गर्न सकीरहेको अवस्था छैन हाम्रो मुटु कलेजो सारा भनेको भातृ संगठन हो । त्यो भातृ संगठनहरुलाई रि याक्टिभ गर्छु ।

जिल्लाको साथिहरु जसले जवानी, जिन्दगी नेपाली कांग्रेसमा बिताउनु भएको छ उहाँहरुको मुल्याङकन प्रक्रिया सुरु गर्छु । उहाँहरुको मुल्याङकनको आधारमा मात्र भोलि टिकट वितरण गर्ने सिस्टमको विकास गर्छु । अब स्थानिय प्रदेश र संघमा नेपाली काङ्ग्रेसबाट जुन साथिहरु जित्नुहुन्छ उहाँहरुसँग एउटा धादिङको संगठनको एउटा मास्टर प्लान बनाउँछु, अर्कोतिर विकास निमार्णको पनि मास्टर प्लान बनाएर कहाँ के आवश्यकता छ अहिले सम्म हाम्रो उम्मेद्वारहरुले बोलेको कुराहरु नपुगेका के के छन्, हाम्रो घोषणा पत्रमा बोलेका कुराहरु कुन कुन अधुरा छन् ?

शिक्षा क्षेत्र देखि खानेपानी, सडकहरु देखि लिएर अहिले उद्यमशिलता, वैदेशिक रोजगारमा धेरै युवा युवतीहरु बसिरहेका छन् भने हाम्रा स्थानिय तह देखि प्रदेश र संघ भएर आफनो सरकार हुन्छ अब आगामी निर्वाचन पछि निश्चित छ भनेपछि कमसेकम यी आवाजहरु उठाएर पार्टी भित्र यसरी लैजान पर्छ भनेर भिजन सहित अगाडि बढाएर लैजान्छु र जो प्रशासनिक झन्झटबाट जनताहरुलाई धेरै दुख र समस्या भइरहेको अवस्था छ त्यसलाई सरलिकरण गर्ने अवस्थाको सिर्जना गर्छु ।

संगठनको निमित्त वर्षौ देखि प्रशिक्षण कार्यक्रमहरु कतै भएको अवस्था छैन,कार्यविभाजन भएको छैन, धेरै योग्य साथीहरु जिम्मेवारी नपाएर थन्केर बसेको अवस्था छ, धेरै नेपालि कांग्रेसका साथीहरुलाई जिम्मेवारी नदिएको कारण खिया लागेको जस्तो अवस्था छ । त्यो सबै साथिहरुलाई क्षमता, योग्यता अनुसारको म जिम्मेवारी दिन्छु । केन्द्रको जतिसुकै गुट उपगुट हुन् म गुट रहितको राजनितिक गरेर सबैलाई क्षमता र योग्यता आधारमा मुल्याङकनको सुरुवात गर्छु । धादिङको केबल एउटै गुट नेपाली काङ्ग्रेसको हुन्छ । यसरी लिएर जाने सोचका साथ म अगाडि बढेको छु । 

७.यो भन्दा अगाडिको जुन कांग्रेसको टे«न छ त्यो देखिदैन त ? 

त्यो देखिने हुनेभएको भए संगठनको यो गति हुँदैनथ्यो । त्यसैले भीम ढुंगानाको आवश्यकता प¥यो सबै साथिहरुले तैले उठ्न प¥यो भनेर प्रतिनिधिले मात्र होइन जनताको घर घर टोल टोलबाट तपाई उठ्न पर्छ तपाई उठेर एकचोटि संगठनको नेतृत्व गर्दिनुस भन्ने मलाई प्रेसर भएर होइन भने सुरुमा मेलै त्यति सोच राखेको थिइन ।

स्थानिय तहमा नगरपालिका संघ केन्द्रिय महासचिव छु प्रदेश भरीका मेयर उपमेयर साथिहरुले तपाई केन्द्रमा आउन पर्छ हामी केन्द्रको जुनसुकै गुटको भएपनि भोट दिन्छौँ केन्द्रमा पु¥याउँछौँ केन्द्रमा पु¥याउने स्थानिय तहको मर्म भावना तपाईले बुझनुभएको छ भन्नुभयो, तर हामीले सोच्नुपर्ने कुरा के हो भने आफनो जग बलियो भएन भने केन्द्रको छानो मात्र ढलान गरेर हुँदैन तल देखि नै आर सि सि गर्नुर्छ, पिल्लरहरु राख्नुपर्छ भन्ने मानेर यसपालि सभापतिमा लड्ने निर्णय गरेको हो ।

८.क्षमता भएको मान्छेलाई पार्टिले किन मुल्याङकन गरीरहेको छैनन् ? कांग्रेस पार्टि बलियो बनाउँछ भनेर हिडेका लिडर हुनुहुन्छ उहाँहरुले किन यो कुरा सोचिरहनु भएको छैन ?

मुल्याङकन गरेको छैन भनेर म भन्दिन मुल्याङकन गरेका छन् कहिले काँही पदमा पुग्ने कुरा प्राविधिक कुरा हो । प्राविधिक कारणले म गत साल थोरै मतको कारणले   सभापति हुन सकिन ।

त्यसकारण मुल्याङकन सबै नेपाली कांग्रेसका मतदाताहरु, आदरणीय मुवा बुवाहरु, दाजुभाई दिदी बहिनीहरुले मुल्याङकन गर्नुभएको छ । सायद त्यही मुल्याङकन गरेर होला तपाई उठ्न पर्छ, जिताउने जिम्मा हाम्रो भयो, तपाई अइले केन्द्र, प्रदेशमा नजानुहोस् एकचोटिलाई जिल्लाको नेतृत्व लिइदिनुस् भनेको कारणले म जिल्लामा उठ्ने निर्णय गरेको हो । 

प्रश्न 
भित्रि रोडहरुमा फोहोरका गाडिहरु जादैनन् यसको लागि वैकल्पिक साधनहरु प्रयोग गराएर भित्रि फोहोरहरु उठाउन पाए हुन्थयो ? 
कुन कुन भित्रि सडकमा गएका छैनन् जानकारी दिनुस् म पठाउने व्यवस्था गर्छु। 

रायटार प्लटिङ जाने ठाउँको सडक पेटी बनेको छैन,यो बन्ने हो की न बन्ने हो ?

अहिले पुलसम्म पिच भएको छ गणेश हिमालको मोड बाटै अगाडि बढाउनको लागि दुई करोड छुट्ठिएको छ टेन्डर भैइसकेको अवस्था छ। पेटी बनाउन भनेर गत साल स्टमेट गरेको शहरी विकासलाई जिम्मा दिएको हो। त्यो स्टमेटमा पेटि हाल्न छुटाएछ त्यो पेटी पुछार बजार मुलचोकबाट घुम्दै आएर पुरानो फिल्महल चोक हुँदै हामीले पुलसम्म पेटी बनाउनु भनेको हो ।

रायटार माथिको पिच केही महिना भित्रमा सबै काम सम्पन्न हुन्छ । र अरु बाटाहरु साङकोस जाने बाटो आर सि सि वाल उठाइरहेको अवस्था छ । मालेबगर देखि भित्रि सडकहरु सबै पिच हुन चार करोड सिधै सडक बोर्डबाट मैले हाल्दिएको कारण काम गर्न सुरु गरीसकेको छ केही समय लाग्छ । 

९.नगरपालिका भित्र यस वर्ष पिच हुने बाटाहरु कुनै छन् ? 

पिचको कार्यक्रम धादिङ पशुपति मन्दिरबाट माथि जाने तिप्लिङ सडकमा ७४ करोडको टेन्डर भइसकेको छ, सिरानबजारबाट पिच भएर अल्छि डाँडा माथि अलि जोडिएको छैन, रायटारबाट चार नम्बर जाने बाटोको २ करोड छुट्ठाइएको छ, अमरावतीको वडा नम्बर ८ को हटियासम्म जाने बाटोलाई पिचको लागि २ करोड छुट्ठाइएको छ,धुवाँकोट जाने बाटोको पनि करिब ८ किलोमिटर पिच छ २१ किलोमिटर ग्राभेल भइसकेको अवस्था छ, अरुण खोलाको पुलको निमित्त पनि कजवए बनाउने भनेर डिपिआर र स्टमेट सकिसकेकोछ, तल्लो भुलभुले हुँदै माथि जाने बाटोलाई करिब ६० लाख हाल्याछौँ त्यो कामहरु भइरहेको छ, सुरुवात भएको छ  र नसक्किनुजेल सम्म देखिएको छैन स्थानिय निर्वाचन हुनु भन्दा अगाडि धेरै कामहरु सम्पन्न भइसकेको अवस्था हुन्छ । 

१०.जापानको एसुहारा नगरपालिका र नीलकण्ठ नगरपालिकाको एउटा सम्बन्ध छ, कोभिड नभएको भए नगरपालिकाको धेरै विकास हुन्थ्यो पछुतो लागिरहेको छ भन्नुभएको थियो, कोभिड नभएको भए नगरपालिका कस्तो हुन्थ्यो ? 

विश्वमा कोभिड १९ महामारी आयो त्यो नै दुर्भाग्य भयो । धेरै साथिहरुको ज्यान गयो, मैले हिजो निर्वाचनको बेलामा बोलेको थिए एउटा नमुनाको नगर बनाउँछु भनेर सुरुवात गर्ने क्रममा नगरपालिकाको पैसाको कुरा भएन बाहिर अरु संघ संस्थाहरुको पैसाले गर्दा मैले यत्तिको बनाएको हो।

नगरपालिका र नगरवासीहरुको अझ विकासको तृष्णा मेटिदैन भनेर जापानको यसुहारा सिटिसँग भौतिक पुर्वाधार, आइटि, कृषि र शिक्षा भनेर, मलाई इमेल आईरहेको छ कार्यपालिकाका साथिहरु सबैलाई लिएर आउनुुस भनेको छ । कोभिड निर्मुल भएर जापानको टिकट प्लेनहरु खुलिसकेपछि म जापान जान्छु । त्यसपछि आएर केही न केही काम सुरु हुन्छ भन्ने मलाई विश्वास छ कोभिड आउनु भनेको नगरपालिकाको लागि विकास निमार्ण कामको ठुलो आघात पुगेको छ । 

११.धादिङबेसी बजारको कति सिसि क्यामराले काम गरेको छैन कुनै ठाउँमा चोरी भयो या समस्या भयो भने हेर्दाँ काम गरेको छैन इरर देखाउँछ, यसको समाधान भइदिए राम्रो हुन्थ्यो ? 

हामीले पुलिसलाई जिम्मा दिएका छौँ त्यहाँबाट कन्ट्रोल हुन्छ अपराधहरु धेरै घट्ने भएको कारणले पुलिसले हेर्यो भने पत्ता लगाउन सकिने भनेर दिएका छौँ । त्यो कुरा जानकारीमा आउन पर्यो मलाई जानकारी आएको छैन । 

१२.बजार भित्रको पानी ठाउँ ठाउँमा समस्या छ यो सह लगानि कोषबाट हुने कार्यक्रम कहिले हो ? कहिलेसम्म हामीले पर्याप्त रुपमा पैसा तिरेर पनि खानेपानी उपभोग गर्न पाउँछौँ ? 

खानेपानीको टेन्डरमा पनि जान लागिरहेको छ डिपिआर गर्दा ५२ करोड आएको छ  ३० प्रतिशत बेहोर्न पर्ने अरु नेपाल सरकारले सह लगानि कोषबाट हालने भनेर निर्णय भएर टेन्डर प्रक्रियामा जाँदैछ । खानेपानी योजना लागु भइसकेपछि धादिङबेसी वरीपरी ३० वर्षसम्मका लागि २४ सै घण्टा आउने खालको योजना हो। 

१३. अन्त्यमा नेपाली कांग्रेसको कार्यकर्ता या जनप्रतिनिधि छानिएर बस्नुभएका सबैलाई के भन्न चाहनुहुन्छ ?

संगठन शुद्धिकरण गर्नको निमित्त धादिङमा अरु जिल्लामा भन्दा पनि नेपाली कांग्रेसको संगठन अत्यन्त मजबुद बनाउनको निमित्त भोलि सबै पदको निर्वाचन हुँदा कांग्रेसका प्रतिनिधिहरुले जिताउनको निमित्त, विकासको निमित्त र काम गर्नु संगठनमा इच्छुक हुने साथीलाई, जसले धेरै पहिला देखि जित्दै जिताएर आउने साथीहरुलाई सहि मुल्याङकन गर्नको निमित्त र समग्र धादिङको कांग्रेस जस्तो हुनुपर्छ भनेर अरु जिल्लाका साथीहरुले भन्ने वातावरण सिर्जनाको निमित्त लिएको थिए यसपालि सबै क्षेत्रिय प्रतिनिधि साथिहरुले र काङग्रेसका सबैको तर्फबाट मलाई सहयोग हुनेछ भन्ने विश्वास लिएको छु।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्