सेमजोङ ज्यम्पल गोम्बोमा गुरु रिन्पोर्छेको मुर्ति स्थापना 

नेत्रावती डवजोङ गाउँपालिका स्थित सेमजोङ ज्यम्पल गोम्बोमा गुरु रिन्पोर्छेको मुर्ति स्थापना गरिएको छ । धादिङको ऐतिहासिक एवम् धार्मिक स्थल ज्यम्पल गोम्बोमा निर्माण गरिएको २१ फिटको गुरु रिन्पोर्छेको मुर्ति आज स्थापना गरिएको हो । आज एक कार्यक्रमका बिच नेपाल सरकारका पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले मगरले सेम्जोङ वाका स्थित २१५० मिटर उचाइमा निर्माण गरिएको गुरु रिम्पोछेको मुर्तिको अनावरण गर्नुभएको हो ।

नेत्रावती डबजोङ–३ गैरा निबासी धनसुर वाइवा लगायत गैरागाउँका स्थानीयहरुको सक्रियतामा मुर्ति निर्माण गरिएको हो ।करिब २५ लाखको खर्च अनुमान गरिएको यो मुर्ति निर्माण कार्यमा देश तथा बिदेशरहेका धादिङबासीहरुको सहयोग रहेको मुर्ति निर्माण समितिका संयोजक तथा समाजसेवी धनसुर वाइबा तामाङले जानकारी दिनुभयो ।

नेपाल अहिंसाबादी बौध्द धर्म विश्व शन्ति चक्र संघ ज्यमपल दोर्जे डुबखाङ बौद्ध योगाश्राम ध्यान केन्द्रको आयोजनामा पबित्र बौद्ध तिर्थ बनाउने गुरु योजना अनुरुप ज्यम्पल गोम्बोमा गुरु रिन्पोछेको मुर्ती राखिएको जनाईएको छ।तस्विर:कृष्ण बद्रि पौडेल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्