धुनिबेशी–९मा वडा स्तरिय बालअधिकार समितिका पदाधिकारीलाई अभिमुखिकरण 

धुनिबेशी नगरपालिका–९ मा वडा स्तरिय बालअधिकार समितका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बालमैत्रि स्थानीय शासन कार्यान्वयको चरण अन्तर्गतको कार्यक्रममा बालमैत्रि स्थानीय शासन भनेको के हो ?, किन बालबालिकाहरुमा लगानी गर्ने, वडा बालअधिकार समिति किन गठन गरिन्छ? वडा समितिको संरचना, समितिको काम, कर्तव्य र अधिकार लगायतको विषयमा छलफल भएको थियो। 

कार्यक्रममा वडा अध्यक्ष साईला राईको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी र सरोकारवाला सहित २५ जनाको सहभागिता रहेको थियो । बालमैत्रि स्थानिय शासन स्थानिय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याईएको शासकिय अवधारणा अन्तर्गत बालमैत्रि स्थानीय शासन कार्यान्वयन निर्देशिका,२०७८ जारी भएको छ । यसले बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास, र बाल सहभागीतालाई मुख्य आधार बनाएको छ । 

No description available.

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि  ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत  घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सजिता मुडभरिले बताउनुभयो ।

No description available.

प्रयास नेपाल धादिङको सहयोग तथा धुनिबेशी नगरपालिको समन्वयमा संचालन भएको यस कार्यक्रममा  प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुनिता कँडेलले सहजिकरण गर्नु भएको थियो । विश्व शिक्षा नेपाल र प्रयास नेपाल धादिङको साझेदारिमा संचालित सक्यि परियोजना यस नगरपालिकामा २ बर्ष देखि संचालन भईरहेको कार्यक्रमका अनुगमन तथा मुल्यांकन अधिकृत भिम चेपाङले जानकारी दिनुभयो ।

धुनिवेशी नगरपालिकाको वडा नं  ९ का कार्यपालिका सदस्य लक्ष्मी विष्टको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरिय बाल अधिकार समिति समेत गठन गरिएको महिला बालबालिका शाखा प्रमुख मुडभरिले जानकारी दिनुभयो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्