पछिल्लो २४ घण्टामा ३३२ संक्रमित थपिदा २३२ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर नौ हजार ९२० को परिक्षणमा ३३२ संक्रमित थपिदा २३२ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ५९० जनाको पीसीआर गर्दा ३०५ जना र २ हजार ३३० जनाको एन्टिजेन परिक्षणमा २७ गरी ३३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवत्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो।

मंगलबार मात्रै ३५१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १ हजार १२२ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३६९ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ४ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५१३ पुगेको मन्त्रालयका सह–प्रवत्ता डा.अधिकारीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्