देशभरको वायु प्रदूषण फेरि बढ्यो:तराईका केही सहरको प्रदूषण ‘घातक’ अवस्थामा

देशभरको वायु प्रदूषण फेरि बढेको छ। घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएको छ। 

अहिले काठमाण्डौको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।

अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ । 

यति बेला काठमाण्डौ विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । सबैभन्दा धेरै प्रदूषित हावा भएको सहरमा भारतको केन्द्रीय राजधानी दिल्ली र दोस्रोमा पाकिस्तानको लाहोर र तेस्रोमा भारतकै कोलकत्ता शहर रहेको छन् ।भारतमा बढेको प्रदूषणका कारण पनि नेपालको तराई क्षेत्रमा प्रदूषण धेरै बढेको विज्ञहरू बताउँछन् ।–उज्यालो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्