चिसोसँगै प्रदूषण बढेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह

देशैभर चिसोसँगै प्रदूषण बढेको छ ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको छ।तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली नरहेको र तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहने उहाँको भनाई छ।

चिसो बढ्दै गएको छ । चिसोसँगै प्रदूषण पनि बढेको छ ।सहरीकरण, जथाभावी आगो बाल्नु तथा फोहोर जलाउनु,पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ।

चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएको छ। यो बेला विशेषगरी बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी जोखिम हुने डाक्टरले बताएका छन् ।वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले यो बेला रुघाखोकी, घाँटी दुख्ने, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी रोगले सताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्