आज पनि निको हुने बढिः१५८ संक्रमित थपिदा ३४२ संक्रमित निको 

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९१८ को परिक्षणमा १५८ संक्रमित थपिदा ३४२ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार ६०४ जनाको पीसीआर गर्दा १५४ जना र २ हजार ३१४ जनाको एन्टिजेन परिक्षणमा ४ गरी १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

शनिबार मात्रै २१३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ३५० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २ हजार ३८९ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ रहेको छ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५२३ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्