थपिए २५५संक्रमित,दुई जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६९ को परिक्षणमा २५५ संक्रमित थपिदा २५६ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ४ हजार ३२९ जनाको पीसीआर गर्दा २४५ जना र २ हजार १४० जनाको एन्टिजेन परिक्षणमा १० गरी २५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार  मात्रै २५९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २ हजार ९०९ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९३१ रहेको छ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५२६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्