राप्रपाको एकता महाधिवेशन आजदेखि:धादिङबाट ६४ प्रतिनिधि सहभागी हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज बिहान साढे ११ बजे काठमाण्डौको भृकुटीमण्डपमा उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।पर्सिसम्म चल्ने महाधिवेशनमा धादिङबाट ६४ जना सहित झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम प्रत्येक गाउँपालिका, नगरपालिका, प्रदेश, क्षेत्रीय, जिल्ला अध्यक्ष स्वत महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको छ।त्यसै गरी सक्रिय सदस्यको आधारमा र प्रत्येक प्रदेश कार्य समितिबाट ९/९ जना जसमा खुला, जनजाति,उत्पिडित महिला आदिलाई समाबेशी सिद्धान्तको आधारमा धादिङबाट प्रतिनिधि छनौट गरीएको राप्रपा धादिङ जिल्ला अध्यक्ष ध्रुव प्रसाद खनालले जानकारी दिनुभयो । 

तीन राप्रपा एक भएपछि हुन लागेको यो एकता महाधिवेशनबाट कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ । पटक पटक जुट्दै र टुक्रिदै आएको राप्रपाको संविधानसभामा एक सिट छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्