विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान

ज्नकपुरधाम, १५ मंसिर

जनकपुरमा २२ मंसिरदेखि आयाेजन हुन लागेकाे रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएकाे छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ ।

जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरू सहभागी थिए । 

विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाट समेत श्रद्धालु भक्जनक्तजनहरू आउने भएकाले सरसफाईमा जोड दिएको हो । केही दिनअघि सरसफाई कर्मचारी र केही वडाअध्यक्षबीच विवाद भएपछि नियमित सरसफाइ रोकिएको थियो । कर्मचारीहरू सरसफाई राेकेर आन्दोलनमा उत्रेपछि जनकपुर दुर्गन्धित बनेको थियो । मेयर साहलगायत केही वडाध्यक्षले पछि काममा फर्कन आग्रह गरेपछि सोमबारदेखि कर्मचारीले काम थालेको हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्