देशभर बाह्रहजार ७२७ को परिक्षणमा ३१६ संक्रमित थपिदा २५९ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७२७ को परिक्षणमा ३१६ संक्रमित थपिदा २५९ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट १० हजार ११९ जनाको पीसीआर गर्दा २८५ जना र १ हजार ८०८ जनाको एन्टिजेन परिक्षणमा ३१ गरी ३१६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवत्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो।

मंगलबार मात्रै २५५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १७ हजार १८० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ३ हजार १६८ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९५४ रहेको छ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५२९ पुगेको मन्त्रालयका सह–प्रवत्ता डा.अधिकारीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्