आज ३१५ जनामा कोरोना संक्रमण:६ जनाको ज्यान गयो

नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार नाघेको छ।पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४०३ को परिक्षणमा ३१५ संक्रमित थपिएसँगै हालसम्म सक्रिय संक्रमितको संख्या सात हजार ५४ रहेको छ।

देशभरका प्रयोगशालाबाट ९ हजार ५११ जनाको पीसीआर गर्दा २९८ जना र १ हजार ८९२ जनाको एन्टिजेन परिक्षणमा १७ गरी ३१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै ३१६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ४९५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा २०१ संक्रमित डिस्चार्ज भएसँगै हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ३ हजार ३६९ पुगेको छ। सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५३५ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्