देशभर ७ हजार ८३६ को परिक्षणमा २४६ संक्रमित थपिए

धादिङ,१७ मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८३६ को परिक्षणमा २४६ संक्रमित थपिदा ३४७ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार ४ सय जनाको पीसीआर गर्दा २२३ जना र १ हजार ४३६ जनाको एन्टिजेन परिक्षणमा २३ गरी २४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार मात्रै ३१५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ३ हजार ७१६ पुगेको छ। योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ  हालसम्म सङ्क्रमणका कारण एघार हजार ५३५ को मृत्यु भएको  मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्