ज्वालामुखीमा लोकगित प्रतियोगिता,बुढीगण्डकी कृषक समुह प्रथम

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ ठुलोचौरमा खुल्ला लोकगित प्रतियोगिता सम्पन्न भएको छ।लैङ्गिक हिंसा  विरुद्धको १६ दिने अभियान अन्तरगत आइसिडिसी धादिङको आयोजनामा सम्पन्न भएको सचेतना मुलक लोकगित प्रतियोगितामा १४वटा कृषक समुहको सहभागिता रहेको थियो ।प्रतियोगितामा बुढीगण्डकी कृषक समुह प्रथम, छाँपथोक कषक समुह द्धितिय,देविस्थापन कृषक समुह तृतीय र अनुरोध कृषक समुह सान्त्वना भएका छन्।

No description available.

प्रतियोगितामा बिजयीहरुलाई क्रमशः ७ हजार ५ सय,६ हजार,४ हजार ५सय र ३ हजार नगद सहित प्रशंसापत्रबाट पुरस्कृत गरीएको थियो ।यसैगरी नृत्यमा लिलामाया झ्याली मगरलाई नगद १ हजार र प्रशंसापत्रबाट पुरस्कृत गरीएको थियो । यसैगरी राधिका कुमाल,मनिका मल्ल र छलिमाया थापालाई ५ सय नगद र प्रशंसापत्रबाट पुरस्कृत गरीएको अआइसिडिसीका राजन दुवाडीले जानकारी दिनुभयो ।

No description available.

संस्थाका कार्यसमिति सदस्य बलराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडाको प्रमुख आतिथ्य रहेको थियो।प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालको विशेष आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा ज्वालामुखी गाउँपालिकाका वडा अध्यक्ष रामप्रसाद सिलवाल,कार्यसमिति सदस्य विन्दा भट्ट,शिक्षा अधिकृत माधम मल्ल लगायतको आतिथ्य रहेको थियो ।निर्णाक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान धादिङका अध्यक्ष कमला गैरे आईसिडिसीका कार्यक्रम व्यावस्थापक विनोद रिजाल रहनुभएको थियो ।कार्यक्रमको सन्चालन आईसिडीसीका मनोपरामर्शकर्ता राजन दुवाडीले गर्नुभएको थियो । 

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्