थप २०५ जनामा सङ्क्रमण पुष्टि,४३६ संक्रमित डिस्चार्ज

धादिङ,१९ मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ७४७ को परिक्षणमा २०५ संक्रमित थपिदा ४३६ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ९५९ जनाको पीसीआर गर्दा २ सय जना र २ हजार ७५२ जनाको एन्टिजेन परिक्षणमा ५ गरी २०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै २३८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १८ हजार १८४ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ४ हजार ५४४ पुगेको छ। योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ८ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै  हालसम्म सङ्क्रमणका कारण एघार हजार ५४१ को मृत्यु भएको  मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्