आजसम्म धादिङका ९३० जनाले मतदाता नामावलीमा नाम दर्ता गराए

धादिङमा आजसम्म ९ सय ३० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।शुक्रबारदेखी जिल्लामा पहिलो चरण अन्तरगत छ वटा स्थानिय तह रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनीबेशी नगरपालिका मतदाता नामावली संकलन कार्य जारी रहेको छ। शुक्रबार १४७, शनिबार २२० र आईतबार ५६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

आईतबार गंगाजमुना गाउपालिकामा ७२ जना, गजुरीमा ६२, ज्वालामुखीमा ११६, धुनिवेशी नगरपालिकामा ९३, रुवीभ्याली गाउपालिकामा ४३ र सिद्धलेक गाउपालिकामा ६२, नीलकण्ठ नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयबाट ७९ जना, प्रशासन कार्यालयबाट ३६ गरि ५ सय ६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।पहिलो चरणको कार्यक्रम २६ गतेसम्म संचालन हुने छ। 

यस्तै दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, थाक्रे, गल्छी, खनियाबास गाउपालिकामा संचालन हुने छ।अहिलेसम्म छुटेका, नयाँ दर्ता गराउन र आ–आफ्नै स्थानीय तहको कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भएकोले नेपाली नागरिकता प्राप्त गरेका नागरिकले समयमै दर्ता गराउन निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।

यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो।निलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ।

१८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्