हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्राेत शिक्षक नियुक्त

खोटाङ, २० मंसिर 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्राेत शिक्षक) नियुक्ति गरिएको छ । चाम्लिङ भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ति गरिएको हो ।

चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षक (चाम्लिङ भाषा स्राेत शिक्षक)को दरबन्दी सिर्जना गरेको थियो ।

१८ मंसिरमा सञ्चालन भएको शिक्षक छनौट परिक्षाबाट चाम्लिङ भाषी संगीता राई छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताए । नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको स्राेत शिक्षकका रूपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो ।

मासिक १३ हजार पाँच सय तलबसुविधा पाउने नियुक्ति पाएकी राईले चाम्लिङ लगायत अन्य भाषामा पनि पठनपाठन गर्नुपर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्