आरुघाट गण्डकी फुटबल क्लबले जित्यो त्रिपुरासुन्दरी कप फुटबलको उपाधी

१० औं न्यु त्रिपुरासुन्दरी कप फुटबल प्रतियोगिताको उपाधी आरुघाट गण्डकी फुटबल क्लबले जितेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ हासेपसल,बगरमा सम्पन्न फुटबल प्रतियोगितामा सोमबार भएको फाईनल खेलमा आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आरुघाट गण्डकी फुटबल क्लबले उपाधी जितेको हो ।

No description available.

प्रतियोगिताको बिजेता बन्न सफल आरुघाट गण्डकी फुटबल क्लबले नगद रु १ लाख ११ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपबिजेता बनेको आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लबले नगद रु ५५ हजार ५ सय ५५, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।चर्चित कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय कलाकार कृष्ण कडेलको इन्द्रेणी टिमका ख्यातीप्राप्त राष्ट्रिय लोकदोहोरी गायक तथा गायिकाहरुको उपस्थितिमा बृहत् साँस्कृतिक कार्यक्रमका साथमा प्रतियोगिता समापन तथा पुरस्कार वितरण तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

No description available.

नेपाल सरकारका अर्थमन्त्री क.जनार्दन शर्मा (प्रभाकर)को प्रमुख आतिथ्य रहेको कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री क.शालिकराम जमरकट्टेल, प्रदेश सांसद क.जगत सिंखडा, माओवादी केन्द्रका नेता क.पुष्प विक्रम मल्ल, माओवादी केन्द्र धादिङ्गका अध्यक्ष क.विजय वुर्लाकोटी र सह–ईन्चार्ज क.राम बहादुर भण्डारी लगायत अन्य दलका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

No description available.

न्यू त्रिपुरासुन्दरी युबा क्लब, श्री त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरीमाई न्वागि मेलाको अवसरमा पारी मंसिर १७ गतेबाट शुरु भएको प्रतियोगितामा धादिङ र गोरखाका गरि कुल २२ वटा टिमहरुको सहभागीता रहेको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्