मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

काठमाण्डौबाट मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ परेका छन्। मङ्गलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सोमवार राति काठमाण्डौको बबरमहलबाट चोरेका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाले गएको असार महिनायता चोरी भएका एक सय ८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्