सिन्धुलीको जुनार, सडकमै व्यापार

सिन्धुली, २१ मंसिर 

सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ  । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ । 

सिन्धुलीको फुर्कोटसहितका स्थानका सडकमै जुनार बिक्री गर्न राखिएका छन् ।  प्रतिकेजी जुनार र सुन्तला १०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारीसाधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।

खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाैं र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ। कृषकहरुले जुनार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्