स्थानीय तहका १६५० कर्मचारीको एकसाथ सरुवा (पूर्ण विवरणसहित)

लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६५० कर्मचारीको आज एकसाथ सरुवा गरेको छ। लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गर्दै मंसिर १९ र २० गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरेको जनाएको छ। मन्त्रालयले स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई ‘अन्तर स्थानीय तह कामकाज’का नाममा सरुवा गरेको हो।

लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो।सरकारले यसअघि पनि स्थानीय तहका कर्मचारीको सरुवा गरेको थियो। कर्मचारीको सरुवाको सूची मन्त्रालयको वेबसाइटमा राखिएको छ।लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको र हाल आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ। यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गर्न लागिएको अधिकारीले बताउनुभयो।

यस्तै पत्रकार सम्मेलनमा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सरुवामा कर्मचारीलाई कुनै भेदभाव नगरिएको स्पस्ट पारे। कार्यक्षमता र अनुभवका आधारमा कर्मचारीको सरुवा गर्न लागिएको भन्दै उनले आगामी दिनमा चक्रीय प्रणालीबाट कर्मचारीको सरुवा हुने बताउनुभयो।मन्त्रालयका अनुसार दुर्गममा प्रशासनका ४० प्रतिशत र ६० प्रतिशत प्राविधिक कर्मचारीको पद रिक्त छन्।

MOFAGA_Notice_20211207030653

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्