धादिङ प्रहरी प्रमुख राकेश सिंहको यस्ता छन्,आगामी कार्ययोजना(बुंदासहित)

धादिङका प्रहरी प्रमुख राकेश सिंहले पत्रकार भेटघाटमा आफुले आगामी दिनमा गर्ने कार्ययोजना सार्बजनिक गर्नुभएको छ ।धादिङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछिको पहिलो पत्रकार भेटघाटमा सिंहले जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा गर्ने कार्ययोजनाको बारेमा जानकारी गराउनु भएको हो । प्रदेश कार्यालय सुर्खेतबाट धादिङ आउनु भएका सिंहले शान्ति सुरक्षाको साथै लागुऔषध नियन्त्रण र मानवअधिकारको संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ।

यस्ता छन् सिंहको आगामी कार्ययोजना
१.छिटो छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्ने ।
२.मानवअधिकारको संरक्षण सम्बद्र्धन तथा शान्ति सुरक्षा प्रवाह गर्ने ।
३.कानुनी कार्यन्वयमा कसैसँग कम्परमाईज नगर्ने र कानुनी राज्यको अवधारणालाई आत्मसाथ गर्ने ।
४.महिला,वालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या आएको खण्डमा तत्काल समस्या समाधान गर्ने र संवेदनशिल हुने
५.रियाक्टिभ प्रहरी भन्दा पनि प्रोयाक्टिभ प्रहरी सेवा प्रवाह गर्ने वा घट्ना घट्ननै नदिने गरि नियन्त्रण गर्ने
६.लागुऔषध नियन्त्रण,जुवातास,चोरी डकैती,गुन्डागर्दी लगायत आर्थिक अपराध नियन्त्रण गर्ने ।
७.व्यावासयिक तथा परीणाममुखी,प्रबिधी अपराध अनुसन्धानमा जोड दिने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्