जनताहरुलाई गुणस्तरीय स्वास्थ्यसेवा दिनुस :मन्त्री गिरी

स्वास्थ्यसमाचार
राष्ट्रिय स्वास्थ्यकर्मी सघ नेपाल रुपन्देही ले १४ औ स्थापना दिवसको अबसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम मा रहेका अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण ,उपचार ,लत्ता कपडा र शैक्षिक सामग्रिहरु बितरण गरेको छ ।

कार्यक्रममा प्रमुख प्रदेश सरकारका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरि ले सङघ एक ढिक्का भयेर अघि बढन र सकारात्मक रचनात्मक काम गर्न र सबै जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिए ।

संघका रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पोखरेल को अध्यक्ष तथा प्रदेश सरकारका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल प्रगतिशील जन स्वास्थ्यकर्मी महासघका केन्द्रीय सदस्य खगराज पोखरेल,नेपाल स्वास्थ्य प्राविधिक सङघका महासचिव भास्कर आत्रेय,सङघका कन्द्रिय सदस्य चिन्तामणि ज्ञवाली,लम्बिनी .प्रादेशिक अस्पतालमा मेडिकल अधिकृत डा सागर न्यौपाने,सो अनाथ आश्रमकि सस्थापक मैनादेवि भण्डारी लगायतले सङघको सफलताको बारेमा र बर्तमान स्वास्थ्यको अवस्थाको बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पेशागत महासङघ नेपालका रुपन्देही अध्यक्ष डिजाइन थापा र नेपाल निजामती कर्मचारी सङ्गठन रुपन्देहीका अध्यक्ष केशव भट्टराई समेतको सहभागिता सहित अन्य स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो । सङघका जिल्ला सचिव रामेश्वर ढकालको सञ्चालन र उपाध्यक्ष बिष्णु प्रसाद नेपालको स्वागतमा कार्यक्रम सम्पन्न भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्