सेल्लेमा प्रदिप स्मृति कप सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ सेल्लेमा “दोस्रो प्रदिप स्मृति कप सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता” हुने भएको छ। छोइलिङ युवा क्लवको आयोजनामा मंसिर २७ गतेदेखि पौष ४ गतेसम्म सेल्ले पङ्टार खेलमैदानमा प्रतियोगिता संचालन हुने भएको हो ।
प्रतियोगिताको बिजेताले नगद रु पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु तिस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक टिमहरुले खेलाडी संख्या ७+४ जना, १ जना कोच र १ जना म्यानेजर अनिवार्य गरि जम्मा १३ जना सहित मंसिर २० गतेदेखि २५ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ।खेलको टाईसिटको लागि गोल प्रथा मंसिर २६ गते दिउँसो १ बजे गरिने र खेलको उद्घाटन २७ गते गरिने समेत आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ५ हजार तोकिएको छ।दर्ता गर्न आउँदा प्रत्येक खेलाडीको अनिवार्य रूपमा पासपोर्ट साइजको फोटो १ कपि उपलब्ध गराउनु पर्ने आयोजकले जनाएको छ ।
थप जानकारीको लागि आयोजक मण्डलका निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सकिन्छ।
सरोज तामाङ्ग ९८६०७०७७०४
माणी कुमार लामा ९८४३०५००३१
सोम तामाङ ९८६३४७९८२१
सन्जिब तामाङ ९८६३४६९३९४
मिलन तामाङ ९८६९२४३४६४

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्