१२ हजार १७४ को परिक्षणमा २८० संक्रमित थपिए,३६६ निको

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १७४ को परिक्षणमा २८० संक्रमित थपिदा ३६६ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार १६८ जनाको पीसीआर गर्दा २५५ र ३ हजार ६ जनाको एन्टिजेन परिक्षणमा २५ गरी २८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिनुभयो।

मंगलबार मात्रै ३१५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १९ हजार ४४ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ५ हजार ५७१ पुगेको छ। योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ८ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५४७ को मृत्यु भएको मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बतानुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्